Avatar

मुगु, २९ जेठ- हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाकाे परीक्षा भएकाे छ ।

रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलाे पटक ५० सैनिक काेटाका लागि भर्ना परीक्षा लिएका हुन् । जसमा पाँच महिलासहित ५० सैनिक जवान काेटाका लागि भर्ना प्रक्रिया सुरु भएकाे हाे ।

५० काेटाका ५१  महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए ।  भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् । शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लाेकसेवाले लिखित परीक्षा लिनेछ । परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय