सुरूदेखि नै गभर्नर सरकार विरोधी थिए: प्रचण्ड « Himal Post | Online News  Revolution

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेलाई आफूहरुले साइजमा ल्याएको भन्दै अबको निर्वाचनपछि कांग्रेसलाई पनि साइजमा राख्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय विस्तारित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।उनले माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा मिलेर अब कांग्रेसलाई साइजमा राख्ने बताएका हुन् ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले धेरै दम्भ र अहंकार देखाएकाले अब हुने संघीय तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई साइजमा राख्ने उनले बताएका हुन् । यसका लागि यी चार पार्टीले छलफल गरेको पनि उनले दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनको जितले कांग्रेसमा अहंकार बढ्ने ख’त’रा रहेकाले उसलाई साइजमा राख्ने गरी गठबन्धनमा रहेका अन्य चार दलका बीचमा छलफल भइरहेको उनले दाबी गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा दलहरूले तालमेल गरे पनि पूर्ण सफल नभएको बताए । उनले भने, ‘गठबन्धन जुन उद्देश्यका साथ गरिएको थियो, उद्देश्यअनुरूप सफल भएन । तर, केपी ओली प्रवृत्तिलाई सबक सिकाउन भने सफल भइएको छ ।’

यो पनि : मलाई जिम्मेवारी दिए काठमाडौंको फोहोर सधैका लागि व्यवस्थापन गरिदिन्छुः मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्षमता आफूसँग भएको बताए ।शनिबार काठमाडौंमा नेपाल हिमालय सीमापार वाणिज्य संघको २२ औं साधारणसभालाई सम्बोधन गर्दै,

बस्नेतले फोहोर व्यवस्थापनका लागि आफूलाई जिम्मा दिए संधैका लागि समस्या समाधान गरिदिने बताएका हुन् ।पछिल्लो समय काठमाडौँको फोहार नउठेपछि दुर्गन्धित भएका थियो । केही दिनदेखि फोहोर उठेपनि दिर्घकालिन समाधान भने हुन सकेको छैन ।

प्रधानमन्त्री देउवाका साढुभाई समेत रहेका बस्नेतले त्यही फोहोरको दिर्घकालिन समाधान खोज्न आफूलाई जिम्मा दिन पर्ने बताएका हुन् । काठमाडौँ महानगरपालिकाका मेयर बोलेन्द्र शाह ९बालेन०ले पनि फोहोरको दिर्घकालिन समाधान खोजेका छन् ।

कार्यक्रममा बोल्दै तातोपानी नाका सहज रुपमा सञ्चालन गर्न आफूले थप पहल गर्ने समेत बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग यसबारेमा छिट्टै भेटवार्ता हुने बताए ।

आफू यस क्षेत्रकै भएकोले हाल नेपाली ब्यावसायीहरुलाई परेको समस्या आफूले राम्ररी बुझेको उल्लेख गर्दै नेता बस्नेतले कोभिडपछि चीनले तातोपानी र रसुवा नाका पूर्ण रुपमा सञ्चालन नगर्दा समस्या आएको बताए ।उनले लार्चामा सुख्खा बन्दरगाह चाहिन्छ भनेर ,

पहिलोपटक संसदमा आवाज उठाउने काम आफूले गरेको दावी समेत गरे ।उनले नेपाल चीन ब्यावसायमा संलग्न नेपालीहरुलाई हाल उनीहरुले भोग्नुपरेको समस्यालाई बुँदागत रुपमा उठाउन आग्रह गर्दै त्यसको समाधानको लागि सम्बन्धित निकाय मार्फत थप पहल गर्न सदैव तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय