नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा हिँडिरहेका छन् ।

उनले विद्युत प्राधिकरणलाई पनि उद्धारका लागि अनुरोध गरेको बताए । मानसिक सन्तुलन गुमाएका उनले बिहान परिवारलाई खुकुरी देखाएर झगडा गरेको रामकृष्ण तामाङले बताए । विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय