
काठमाडौं । सत्तारुढ एकीकृत समाजवादी भित्र मन्त्री फेरबदलको बाछिटा सहयात्री दलहरुमा पनि परेका छ । माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन अनन्तले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका छन् ।
बुधबार संघीय संसदमा पूर्वमन्त्री अनन्तले पार्टीभित्र मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् । उनले यस बारे पार्टीभित्र औपचारिक रुपमा छलफल नभएको बताए । ‘एकीकृत समाजवादीका साथीहरुले पुरै सेटमा मन्त्रीहरु फेरिसकेपछि हाम्रो (माओवादी केन्द्र)मा पनि दबाव छ,’ पूर्वमन्त्री अनन्तले भने,‘कांग्रेसमा पनि दबाव छ ।
जसपामा दबाब छ । यो दबावलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । माओवादी केन्द्रमा अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’










