विषय प्रवेष गर्नुभन्दा अगाडि: ‘म त्यस्तो धुरन्धर लेखक त होइन तर त्यस्तै:

धुरन्धर अलेखक पनि होइन! देश संचालनको निमित्त राजनीतिको  अनिवार्यतालाइ स्वीकार गरिसकेपछि त्यस सम्बन्धमा चिन्ता र चासो जरुर हुन्छ! त्यही चिन्ता र चासोमा अध्यन र बुझाइएको क्षमतामा वृद्धि पनि आउँछ! राजनीतिक घटनाक्रमहरु संबंधितको बुझाइ र राजनीतिक आइडोलोजी संबंधित भुझाइमा समानता हुदैन भन्ने तथ्यलाइ पनि हामिले स्वीकार गर्नैपर्छ किनकी घटनाक्रमहरुले दिने बुझाइको तह र आइडोलोजी ले दिने बुझाइ बिल्कुल फरक हुन्छ!

त्यसैले मैले याहा आइडोलोजिकल बुझाइ पस्किरहेको छैन किनकी नेपालको वर्तमान राजनीतिक व्यवस्था भित्र कम्युनिस्ट घटकहरुको आपसमा आइडोलोजी वा सिद्धान्त वा दर्शनको मर्मभित्र राजनीति संचालन नै छैन भन्ने मेरो बुझाइ हो, त्यसैले आइडोलोजिकल कुरा गरेर पाठहरुको मस्तिष्क भुट्न मैले उचित नठानेर नै मात्र राजनीतिमा देखापरेको बिरोधाभाष र बैचारिकताको नाउँमा मौलाएको अराजकता कै घटनाहरु स्मरण गराउदै छु! यो लेखिरहदा याहा त्यस्तो घनिभुत विषय पनि छैन र ठुला ठुला आदर्शका गफहरु पनि छैन छ त मात्रै घटना संबंधित केही तथ्य र केही सत्य!

अब विषय प्रवेश गरौं:- 

कुनैपनी राजनीतिक पार्टीको “महाधिवेशन” राष्ट्रिय पर्व झै हुन्छ! कुनै पार्टीले सहमतीय नेतृत्व र नीति तय गर्छन् भने कुनै पार्टीले आन्तरिक निर्वाचन मार्फत गर्छन् ! हरेक पार्टीको महाधिवेशन गर्ने तौर तरिका र पद्धति एउटै प्रकृतिको हुदैन र अनिवार्य पनि रहदैन!

एमाले ले चितवनको सौराहामा गरेको “महाधिवेशन”लाई `घनश्याम भुसाल´ले *सौराहा काण्ड* भनेका छन् ! भुसालको उक्त अभिव्यक्ति महाधिवेशन प्रतिको अपमान झैँ लाग्यो! घनश्यामले गर्ने आलोचनाको स्केल रचनात्मक भन्दा बढी अराजक पनि लाग्यो!

पार्टी भित्रको व्यक्तिगत वा संस्थागत आलोचना वा बिरोध गर्ने माध्यम सार्वजनिक मंचहरु होइन! आन्तरिक पार्टी जिवनमा उत्पन्न हुने साङ्गठानिक मतभेदहरु प्रतिको आलोचना वा बिरोध प्रकटको लागि पार्टी मंचहरु नै विधि र पद्धति हो भनेर बारबार भट्याउदै बुझाउने वाहाहरु नै हुनुन्छ!

एमालेको “सौराहा महाधिवेशन”ले ओलि नेतृत्वले गरेका सबै कार्यहरुलाइ बहुमतले अनुमोदन गरिसकेपछि बहुमतको अधिनमा अल्पमत रहने सिद्धान्त बिपरित महाधिवेशनलाई “सौराहा काण्ड” को उपमा दिनुलाई राजनीतिक अराजकता प्रवृत्ति भन्न सकिन्छ! घनश्याम भुसाल भित्र रहेका असहमती/मतभेदहरु सम्बन्धि सौराहा महाधिवेशनमा घनश्याम भुसालले  “फरक मत” दर्ज गरेर छलफलको प्रयत्न समेत गरेको देखिएन, घनश्याम भुसाल स्वयंम विधि र पद्धति बाहिर गएर पार्टी भित्र देखापरेको मतभेदहरुलाइ व्यक्तिगत इगोमा रुपान्तरण गर्दै महाधिवेशनमा हार व्यहोरेपछी नेतृत्व खुइल्याउने राजनीतिक अराजकता प्रदर्शनी गरिरहेका छन् !

नेकपा बिभाजनको ती तमाम तथाकथित कृत्यहरुमा घनश्याम भुसालको योगदान कति थियो? नेकपा बिभाजन पश्चात् राजनीतिमा आएको फेरबदलमा घनश्याम भुसालको दोष कति थियो? नेकपा बिभाजन केपि शर्मा ओलि एक्लै ले चाहेर वा केपि शर्मा ओलिको एक्लो इच्छामा भएको जस्तो गरि घनश्याम भुसालले  सार्वजनिक मंचहरुमा ओकलिरहेको कथनीको ऐना भित्र घनश्याम भुसाल अनुहारको आकार कस्तो ? वा त्यो ऐना भित्र भुसालको अनुहार कहाँ ? यसप्रति भुसाल ले कति जिम्मेवारी लिए?

भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा स्वयंम भुसाल कै पार्टी एमालेलाइ जिताउन भुसालको योगदान वा सक्रियता रत्तिभर नदेखिएको सत्यलाइ “सौराहा काण्ड”को जलपले सार्वजनिक मंच मार्फत छोपेर एकोहोरो नेतृत्व खुइल्याइमा केन्द्रित भुसालको कार्य अराजक होइन भन्ने अर्को तर्क के?

राजनीतिक सिद्धान्त अनुसार: बहुमतको अधिनमा अल्पमत रहने र असहमत अल्पमतलाई पार्टी प्रक्रिया मार्फत हल खोज्ने प्रक्रिया नै भुसाल ले भट्याइरहने विधि र पद्धति भित्र स्वयंम भुसाल इमानदार देखिनुको सट्टा सबै दोष नेतृत्व माथी थोपरेर सार्वजनिक मंच मार्फत आफुलाइ गंगाजल छर्कने हर्कत भित्र स्वयंम भुसाल कै विधी/पद्धति गदगद हासिरहेको छ!

एमाले कै कोणबाट हेर्ने हो भने पनि,  यतिखेर एमाले उपर चौतर्फी राजनीतिक हमला भैरहेको स्थिति र राजनीतिक रुपमा संकटको अवस्था भित्र जेलिरहेको यो अवस्थामा आफ्ना तमाम मतभेदहरुलाइ थाती राखेर आसन्न संसदीय निर्वाचनको तयारी अन्तर्गत पार्टी बलियो बनाउने तर्फ लाग्नुपर्ने घनश्याम भुसाल विधि/पद्धति मिचेर तथाकथित बैचारिक संघर्षको नाउँमा नेतृत्व खुइल्याउने तथा आफ्नै पार्टीको सार्वजनिक भन्डाफोर गर्ने जस्तो कु कृत्यलाई अराजकता नभनेर के भन्ने?

हिजो माओवादी भित्रको “आलोक” जस्लाइ माओवादीले `आलोक प्रवृत्ति भनेर निषेध नै गर्‍यो” माओवादी नेतृत्वलाई  चुनौती दिनेगरी आलोकले पनि बैचारिक संघर्षको नाउँ दिएर हर्कत संचालन गरेका थिए त्यसबेला! आलोकले पनि तत्कालिन माओवादी भित्र समानान्तर हर्कतहरु संचालन गरेका कारण कार्वाही गरिएको कुरा माओवादी दस्तावेजहरुमा पढ्न पाइन्छ!

आज केपि शर्मा ओलिको कार्यशैली वा पार्टी संचालनको विषयलाई आधार बनाएर माधवकुमार नेपाल र घनश्याम भुसालहरुको तर्क वा हर्कतहरुलाइ उचित वा सान्दर्भिक वा आवश्यक सावित गर्ने हो भने खासगरी  माओवादी केन्द्रले आलोक प्रति अन्याय किन गरिरहेको छ त ? आज पनि वैध, बिप्लब, बाबुराम, आहुतीहरु प्रचण्ड केन्द्र भनौं वा माओवादी केन्द्रबाट अपमानित किन छन् ? हिजो प्रचण्डको कार्यशैली वा पार्टी संचालन कै विषयमा वैद्य, बाबुरामहरुबाट भएको तर्क वा हर्कतहरु कसरी गलत हुनसक्छन् ? हिजोको माओवादी पार्टी भित्रको मतभेद र पार्टी फुटको विषयमा वैद्य, बाबुरामहरुलाई गलत भन्दै गर्दा आज एमाले भित्रको मतभेद र पार्टी फुटको तर्क हर्कतहरु कसरी सहि हुनसक्छ?

नेपालमा नीति,बिचार, दर्शनको कोणबाट माओवादी बिघटन भैसकेको कारण प्रचण्ड केन्द्र नै भन्न रुचाउँछु, त्यसैले धेरै पटक मैले प्रचण्ड केन्द्र लेख्ने भन्ने गरेको छु”

तत्कालिन माओवादीबाट बाहिरिएका लिडरहरुले पनि शान्तिकाल यता नेतृत्व खुइल्याउने हदसम्मको हर्कतहरु नगरेका होइनन् उदाहरणको रुपमा “धोबिघाट काण्ड” भनेर माओवादी भित्र चर्चित छ! जनयुद्ध हुदैगर्दा पनि प्रचण्ड र बाबुरामको घनिभुत टक्राव भएको र पार्टी फुट सम्म झण्डै गैसकेको युद्धकालिन इतिहास छ अझ डा. बाबुराम भट्टराईले शान्ति र संविधानको कार्यनीतिक बिचार ल्याउदा डा.बाबुराम भट्टराई कार्वाहीमा परेको पनि इतिहास छ! पार्टी जिवनमा अराजक आलोचना र पार्टी फुटाउने जस्तो हर्कत राजनीतिमा सबैभन्दा ठूलो अपराध मानिन्छ! तर नेपालमा उक्त मान्यता शुन्य झैँ छ!

कस्को कस्तो हर्कतले कालान्तरमा के परिणाम देखाउछ त्यो प्रदर्शन गरिने हर्कतहरुले निर्धारण गर्दै लान्छ! नेतृत्व खुइल्याउने हदको अराजक आलोचना नभएपनी कार्यनीतिक मतभिन्नताको आधारमा मोहन वैद्य `किरण´ले माओवादी पहिलोपटक फुटाउनु भयो जुन अत्यन्त गलत थियो आखिर त्यही सावित भैरहेको छ भने डा.बाबुराम भट्टराईले पार्टी नफुटाए पनि वाहा माओवादीबाट राजिनामा दिएर नयाँ शक्तिको नाउँमा अलग्गिनु भयो म स्वयंम पनि प्रभावित भएँ उक्त हर्कत पनि गलत सावित भैरहेकै छ!

तत्कालिन माओवादी भित्र प्रचण्डको एकाधिकार प्रवृत्ति बिरुद्धका हर्कतहरु हुदा पार्टी नै फुट्यो! पार्टी फुटाउने मोहन वैद्य र पार्टी बाट तितरबितर हुने अन्य लिडरहरुको हर्कतहरुलाइ प्रचण्ड केन्द्रले आजसम्म उचित ठहर गरेको छैन!

तर प्रचण्ड केन्द्र भित्रैबाट माधव कुमार नेपाल र घनश्याम भुसालहरुको हर्कतलाइ प्रचण्ड केन्द्रले अघोषित समर्थन र सहयोग गरिरहेको व्यवहारत देख्न र बुझ्न अफ्ट्यारो छैन! खासगरी प्रचण्ड केन्द्रले एमाले फुटमा माधवकुमार नेपाल मार्फत भए गरेका हर्कतहरुलाइ राजनीतिक रुपमा उचित ठान्दैगर्दा हिजो माओवादी फुटाउने र अलग्गिनेहरु कुन कोणबाट अनुचित भए? यसको जवाफ आज माओवादी बृत्तका कुनैपनी क्याडरहरु सङ्ग छैन! चरम राजनीतिक बिरोधाभाषको स्थतीमा छौँ हामी !

प्रचण्ड केन्द्र बृत्तका क्याडरहरु मात्र एमाले भित्र उत्पन्न अराजकता र एमाले फुटमा रमाइरहेका देखिन्छ! एमाले भित्र अराजकता भैरहनु नै प्रचण्ड केन्द्रलाई फाइदा पुग्छ र फुटेर गएपछि एमाले भन्दा ठूलो शक्ति भैन्छ भन्ने माधवकुमार नेपाल गुटको  बुझाइ मौलाएको स्थितिमा कम्युनिस्ट पार्टी भित्रको टुट र फुटले कम्युनिस्ट आन्दोलनलाई पार्ने दीर्घकालीन असर बारे उनिहरु बेखबर छन्  जस्को उदाहरण यहि स्थानीय तह निर्वाचनले पनि देखाइसकेको छ! आजभोली ती प्रचण्ड केन्द्र संबंधित क्याडरहरु र माधवकुमार नेपाल गुट देशको ठूलो पार्टीको हैसियतमा आइपुगेको काङ्ग्रेस प्रती गौरवान्वित प्रस्तुती प्रदर्शन गरिरहेका छन् ! तत्काल एउटा केपि ओलि र एमालेलाई खुम्च्याउने बच्कना कार्यनितिले आज काङ्ग्रेस ठूलो शक्ति हुन पुग्यो भने कम्युनिस्ट जनमत पुनः बिभाजन तर्फ धकेलियो जस्को मापन आज उनिहरुको नियन्त्रण भन्दा बाहिर गैसकेको छ!

पार्टी नेतृत्व विरुद्ध हर्कतहरु संचालन गरेको आरोपमा तत्कालीन पार्टी महासचिव माधवकुमार नेपालद्वारा पार्टी नेता सिपि मैनाली सहित पार्टीका थुप्रै जनालाई कार्वाही गरेको इतिहास पनि साक्षी छ! आज उनै तत्कालीन महासचिव माधवकुमार नेपाल कै अगुवाइमा पार्टी नेतृत्व विरुद्धका हर्कतहरु गर्दै पार्टी बिरोधि कथनीहरु रचेर एमाले फुटेको छ!

हिजो पनि समान प्रकृतिका कथनीहरु रचेर माओवादी भित्र चरम अराजकता उत्पन्न भएको इतिहासलाई सम्झदा आज माधवकुमार नेपाल र घनश्याम भुसाल प्रवृत्ति माओवादी अराजकताको पुनरावृत्ति भयो भन्दा अयुक्ती नहोला! माधवकुमार नेपाल र घनश्याम भुसालहरुको तथाकथित हर्कत तथा घटनाहरु हिजो नै हामिले देखिसकेको र भोगिसकेका छौँ  त्यसैले पनि माधवकुमार नेपाल र घनश्यामहरुको तथाकथित कृत्य माओवादी आन्दोलनमा चाखिसकेको “टेस्टेड” अत्यन्त नमिठो र असफल सिद्ध  दृश्यहरु/दृष्टान्तहरु/घटनाहरु र कथनीहरुका परिकार मात्र हुन् !

माधवकुमार नेपाल र घनश्याम भुसालको मात्रै कुरा हैन प्रचण्ड केन्द्र र काङ्ग्रेस भित्र आज वा भविस्यमा माधवकुमार नेपाल/घनश्याम भुसालहरु पक्कै जन्मिनेछन त्यसबखत उल्लेखित समस्याहरु सबै पार्टीहरुमा पुनः आउन सक्छ त्यसैले आलोचनाको नाउँमा “अराजक प्रवृत्ति प्रदर्शन” सबै पार्टीहरु भित्र हुनुहुदैन!

आज माकुने समूह र घनश्याम भुसालहरुको हर्कतलाइ उचित  सावित गर्ने हो भने माओवादी भित्रको “आलोक, वैद्य, बाबुराम, बिप्लब, आहुतिहरुको हर्कतहरु पनि अनुचित थिएनन्  भन्ने निष्कर्शमा पुग्नुपर्ने हुन्छ! कस्तो बिरोधाभाष छ हाम्रो देशको राजनीति र बर्षौं देखि चाख्दै आइएको “टेस्डेड अराजकता”!

लेखक: राजु ढुङ्गाना प्रनिल 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय