लेटाङ्ग- नेकपा माओवादी केन्द्र लेटाङ्ग नगर कमिटी अन्तर्गत २ नम्बर वडा कमिटीले बुधबार नव निर्वाचित जनप्रतिनिधिहरुलाई ज्ञापनपत्र बुझाएको छ। स्थानीय स्तरमा बाकिरहेको बाकी कामहरुलाई चुस्त र दुरुस्त बनाउन वडामा निर्वाचित ५ जनै जनप्रतिनिधिलाई सुभकामना दिदै ध्यानाकर्षण गराएको हो।

माओवादी केन्द्र लेटाङ्ग नगरका अध्यक्ष बिनोद नेपालको प्रमुख आतिथ्यतामा २ नम्बर वडा कार्यलयमा ध्यानाकर्षण पत्र बुझाएको छ। नव निर्वाचित जनप्रतिनिधिहरुलाई खदा र दोसल्ला ओढाएर सम्मान समेत गरेको छ। स्थानीय स्तरमा रहेका जनताका विभिन्न समस्याहरुमा तत्काल वडाले समाधानको पाटोको पहिचान गरि तत्काल कार्यनयन गर्न कमिटीका अध्यक्ष नेपालले अनुरोध गरे।
माओवादी केन्द्र लेटाङ्ग नगरको २ नम्बर वडा कमिटी सचीव खगेन्द्र नेपालले ध्यानाकर्षण पत्र बाचन गरेर सुनाएका थिए। भनेकार्यक्रम लाई सागर राईले संचालन गरेका थिए। ज्ञापनपत्र ग्रहण गर्दै लेटाङ्ग नगरपालिका वडा-२ का अध्यक्ष तेज प्रसाद तिम्सिनाले आफुहरुलाई गराएको ध्यानाकर्षणमा चासो राख्दै तत्काल हुन सक्ने काम गर्ने बताए।

पार्टीको तर्फबाट गरेको सम्मानको कदर गर्दै आगामी ५ बर्ष जनताकै हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।
-यस्तो छ ज्ञापनपत्र












