काठमाडौँ । सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल सुरु भएको छ ।
सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो ।
त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए ।
कात्तिक २७ वा मंसिर ४ को मितिमा छलफल भएको थियो । तर निर्वाचन आयोगसँगको परामर्शमा मिति टुंगो लगाउने निर्णय भएको एक नेताले बताए ।
दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्नेछ ।