काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा बुधबारदेखि प्रशिक्षण दिने भएको छ । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८ उपप्रमुख सहित पार्टी प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्षलाई समेत सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको हो ।

माओवादीले जितेका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौँ कुमारी हलमा राखेर दुई राखेर सत्ता सञ्चालनका विषयमा प्रशिक्षण दिन लागेको पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले बताए । बुधबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटन सहित प्रशिक्षण दिएपछि बिहीबार वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले समापन गर्ने भएका छन् ।

माओवादीले प्रमुखमा १२१ जना र उपप्रमुख १२८ जना,पार्टीका इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष सहित केही स्वतन्त्रबाट जिते पनि माओवादीकै भएकाले प्रतिनिधिको संख्या बढ्ने भएको हो ।

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण तयारी समिति समेत गठन गरिएको छ । जसमा वर्षमा पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प छन् । कुन–कुन विषयमा कसले कसरी प्रशिक्षण दिने भन्ने विषयमा पार्टीका तर्फबाट ती नेताहरुले गृह कार्य गर्ने भएका छन् ।

प्रशिक्षणको रुपमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, उर्मिला अर्याल, देव गुरुङ,  मुक्ति प्रधान लगायत नेताहरु छन् । विषय विज्ञको रुपमा लीलामणि पौडेल, मीनबहादुर श्रेष्ठ, डा रामकुमार फुयाल, शैलेन्द्र गिरी लगायत व्यक्तिलाई बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय