काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुँदै छ ।

पोखरेलले मन्त्रीपरिषद्ले आइजीपी नियुक्त गरेको सम्भवत् भोली पल्ट नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

बैशाख २२ गते रिट पोखरेलले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै  न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तिरिम आदेश दिन अस्वीकार गर्दै जेष्ठ १७ गते (आज) को लागि अन्तिम सुनुवाईको लागि पेश गर्न आदेश दिएको थियो ।

रिटमा उनले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर तत्काल आईजीपी नियुक्त गर्न माग गरेका छन्।

आइजीपी सिंहलाई बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदमा रहेर काम गर्न नदिन पनि पोखरेलको माग गरेका छन् । तर आइजीपी नियुक्त भएका सिंहले बैशाख १९ गते दर्ज्यानी चिन्ह लगाएर आइजीपीको रुपमा काम गर्न थालिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय