काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले ७७ वटै जिल्लामा जिल्ला समन्वय समिति (जिसस) मा सहमतिमा तालमेल गर्ने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बसेको बैठकले जिसस र बाँकी रहेका पालिकाको कार्यपालिकामा तालमेल गर्ने निर्णय गरेको हो ।

पाँच दलका शीर्ष नेताहरुले विज्ञप्ति जारी गर्दै जिसस र कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन गर्न आआफ्ना दललाई निर्देशन दिने निर्णय गरेको हो ।

पाँच दलीय सत्ता गठबन्धनबीच स्थानीय तहमा एक तिहाई पालिकामा चुनावी तालमेल भएको थियो ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय