बुटवलः रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण निर्वाचित भएका छन् ।

एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण प्रमुखमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत प्राप्त गरे ।

यसअघि २०७४ को चुनावमा खाँण एमालेका बासुदेव घिमिरेसँग पराजित भएका थिए । अघिल्लो चुनावमा राष्ट्रिय जनमुक्ति पार्टींसँग गठबन्धन गरेको कांग्रेसले यसपटक माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो।

उपप्रमुखमा भने एमालेकी जगेश्वरी चौधरी निर्वाचित भएकी छन् । चौधरीले माओवादी केन्द्रका हेमन्त पाण्डेलाई दोब्बर मतान्तरले पराजित गरेकी हुन् । चौधरीले २३ हजार ८६ मत पाएर निर्वाचित हुँदा पाण्डेले ११ हजार ५४६ मत पाए ।

१७ वटा  वडा रहेको तिलोत्तमामा नेपाली कांग्रेसले ९ र नेकपा एमालेले ८ वटा वडा जितेको छ । ८५ हजार ७४७ मतदाता रहेको तिलोत्तमामा ६४ हजार ७३६ मत खसेको थियो ।

वडा नं १ मा एमालेका फर्सुराम गिरी, २ मा कांग्रेसका  डिलबहादुर भट्टराई,  ३  मा कांग्रेसकै  कल्याण पौडेल,  ४ मा एमालेका  हरिबहादुर क्षेत्री र ५ मा कांग्रेसका  रमेश डुम्रे बिजयी भएका छन् ।

यस्तै तिलोत्तमा वडा नं ६ मा कांग्रेसका  गणेश पाठक, ७ मा एमालेका देवी पंगेनी, ८ मा एमालेका कृष्ण पौडेल, ९ मा कांग्रेसका ध्रुव न्यौपाने, १०  मा एमालेका गेपालप्रसाद घिमिरे, ११ मा एमालेका विष्णु बराल, १२ मा एमालेकै  सहदेव थारु निर्वाचित भएका छन् ।

वडा नं. १३ मा कांग्रेसका  नारायण ढकाल, १४ मा कांग्रेसका  अश्विन पौडेल, १५ मा  एमालेका  खेमराज गुरुङ, १६ मा कांग्रेसका  झविलाल भुषाल  र १७ मा पनि कांग्रेसकै  दानबहादुर चौधरी विजयी भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय