चितवन । जिल्लाको भरतपुर महानगरमा सत्ता गठबन्धनकी उम्मेदवारले अग्रता थप बलियो बनाएकी छन् । गठबन्धनका लागि नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आइतबार बिहानसम्म ३५ हजार ४९ मत पाएकी छन् ।
रेनुका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । उनी रेनुभन्दा सात हजार ३८८ मतको फराकिलो अन्तरले पछाडि रहेका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८२३ मत पाएका छन् । कांग्रेसबाट असन्तुष्ट जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका उनी तेस्रो स्थानमा रहेका छन् ।
उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३७ हजार २७३ मतका साथ अगाडि रहेका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले २१ हजार ८८३ मत ल्याउँदै पछ्याइरहेका छन् ।










