
सुनसरीः धरान उपमहानगरपालिकामा कुल ६२ हजार ८९८ मत खसेकोमाअहिलेसम्म ५२ हजार ९ मतगणना भएको छ । अब १० हजार ८८९ मत गन्न बाँकी छ ।
धरानको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले १६ हजार ८१२ मतसहित अग्रता जारी राखेका छन् ।
उनी नेपाली कांग्रेसका उमेदवार किशोर राई भन्दा ३ हजार २४० मतले अघि छन् । कांग्रेसका राईले १३ हजार ५७२ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेकपा (एमाले) की मञ्जु भण्डारीले ११ हजार ११ मत पाएकी छन् ।
यस्तै, उपप्रमुखतर्फ माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले १६ हजार ७४१ मत पाएर अग्रता कायम गरेका छन् । एमालेका पदम ईस्वोले १४ हजार ९७३ मत सहित उनलाई पछ्याइरहेका छन् ।










