
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । स्थानीय तह निर्वाचन सकिएसँगै केपी शर्मा ओलीनिकट नेताहरू खुमलटार जानेक्रम बढेको छ ।
शनिबार बिहान ईश्वर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका हुन् । करिब एक घण्टाको भेटवार्तामा पोखरेलले प्रचण्डलाई सचिवालयमा पेश भएको पत्रहरु साझा बनाउने पहल लिन आग्रह गरेको प्रचण्डनिकट स्रोतले जानकारी दिए ।
यसअघि बिहीबार मात्रै प्रचण्डलाई भेट्न महासचिव शंकर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ खुमलटार पुगेका थिए ।
यस्तै एमालेको नेतृत्व तहबाट नै प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको माओवादी केन्द्रनिकट उच्च स्रोतको दाबी छ ।
नेपाल कभर बाट










