No description available.

लेटाङ्ग- नेकपा माओवादी केन्द्र लेटाङ्ग नगरकमिटीको आयोजनामा चुनावी समिक्षा बैठक सम्पन्न भएको छ। गत बैशाख-३० गते सम्पन्न स्थानीय तहको आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेस र माओवादी बिच भएको चुनाबी तालमेल र गतिविधि बारे समिक्षा भएको हो। कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश कमिटी सदस्य सह-इन्चार्ज सावित्री कुमार काफ्ले”समर” को उपस्थिति रहेको थियो।

लेटाङ्ग नगरपालिका निर्वाचन परिचालन कमिटीका इन्चार्ज हेम राज कार्कि र संघीय निर्वाचन क्षेत्रका संयोजक मौसम लिम्बूको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथी समेत रहेका काफ्लेले राजनीतिमा हार र जित स्वभाबिक रहेको बताएका छन। २०७४ को स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार यो पटकको चुनाबमा माओवादीको उपलब्धि भएको मन्तव्यका क्रममा बताए। “उनले भने”

सघियता बिरोधि सङको ओलिको साठगाठ र ब्यावस्था बचाउन गठबन्धन गरिएको हो। गठबन्धन सफल भयो। हामिले फ्याट्ट फुट्ट रुपमा माओवादीले पराजय भोगेको हो। यसमा हामीले दुख मान्नु पर्ने अवस्था छैन। समग्र देशको स्थिति हेर्ने हो भने २०७४ को चुनाबी नतिजा भन्दा राम्रो छ। माओवादीलाई जन्ताले त्यागेका छैनन। ढिलो चाडो जन्ताले बुझ्छन।

No description available.

नेपाली काङ्ग्रेस सङको सहकार्य अझै रहन सक्ने बताएका छन। तर काङ्ग्रेसका जिम्मेवार नेताहरुले मम गर्न जरुरी छ। सेखर कोइरालाको बिचार अनुसार कम्युनिस्ट सिधान्त बोकेका पार्टी सङ सहकार्य हुन सक्दैन भन्ने बिचार लेटाङ्गको गठबन्धनले चिरेको छ। समग्र परिस्थिति अनुसार दम्भ बोकेका पार्टीहरुले गतिलो पाठ सिकेका छन।

यस्ता अहङ्कारीको हालत यसपालि लेटाङ्गको चुनाबी नतिजाले देखाएको छ। जन्ताले दम्बी र घम्ण्डीको हालत र स्थिती बुझेर गतिलो झापड हानेको छ। यो नै माओवादी आन्दोलनको उपलब्धि हो। यो नै गठबन्धन सफल भएको प्रमाण हो। “उनले भने” अब केपि ओलि पनि साइजमा आएका छन।

कम्युनिस्ट बिच बिचारको समीकरण नमिल्दा माओवादी पार्टीले नेपाली काङ्ग्रेस सङ सहकार्य गर्नुपरेको बताए। यो गठबन्धन ब्यावस्था बचाउने सवालमा जिवित रहन सक्छ। संघीयता, धर्म निरपेक्षता, समाबेशी सिधाान्त र समानुपातिक प्रणालीको रक्षा गर्न माओवादी गठबन्धन सहित चुनाबी अभियानमा होमिएको हो। र हामी पराजित भएकोमा सानो मन नगरी जनसेवाका काम गर्दै जन्ताको मन जितेर आफ्नो पक्षमा नतिजा ल्याउन अहिले देखिनै तयारी गर्नुपर्छ।”उनले थपे”
No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय