
चितवानको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले फराकिलो मतान्तरले अग्रता लिएकी छिन् ।
गठबन्धनकी उम्मेदवार रेणु दाहाले २४ हजार १०७ मत ल्याउदा नेकपा एमाले ,राप्रपा लगायतको ७ दलिय गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता बिजय सुबेदीले २० हजार ३५० मात्र मत ल्याउन सकेका छन् । सुबेदीको मत निरन्तर ओरालो लाग्दो छ भने दाहालको मत निरन्तर उकालो लाग्दो छ ।
अव गणना हुने क्षेत्रहरुबाट रेणु दाहाललाई अझ बढि मत आउने आंकलन चितवानका माओवादी नेताहरुको अडकल छ । सुबेदीले एमालेको पकड मानिएको क्षेत्रबाट पनि राम्रो मत पाउन सकेनन् । रेणुले सुबेदीलाई ३ हजार ७५७ मतले अगाडी छिन् ।










