जुम्लाको तिला गाउँपालिकाको दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार मोतीलाल रोकाया १ हजार ९३६ मतका साथ विजयी हुन सफल भएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रकै गोरीकला बुढाले २ हजार ४ मतका साथ विजयी भएकी छिन् । कांग्रेसका सुष्मा श्रेष्ठले एक हजार ८०६ मत ल्याएर पछि परेकी छिन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र माओवादीले उपाध्यक्ष जितेको थियो ।










