
काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका धन बहादुर विक विजयी भएका छन्।
विकले २ हजार २ सय ८५ मत पाएका हुन्। उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन्। घर्तीले २०९० मत पाएका छन्।
२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि बागी उम्मेदवादी दिएका थिए।










