चितवनमा एमालेले मार्यो बाजी
काठमाडौँ-
चितवनमा सूर्य उदाएको छ । यहाँ एमालेले शानदार जित निकालेको हो । एमालेले विजयको खाता खोलेको छ । कालिका नगरपालिका–११ र राप्ती नगरपालिका–६ मा एमालेको प्यानलै विजयी भएको हो ।

कालिका–११ को अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत ल्याएर विजयी भएका हुन् । विजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका छन् ।

यस अगाडि नै दलित महिला सदस्य भने निर्वि’रोध निर्वाचित भइसकेकी छन ।राप्ती–६ को अध्यक्षमा जल्लु महतो थारु १८ सय १६ मत ल्याएर विजयी भए । वडा सदस्यमा एमालेका ममिता कुँवरले १७ सय ५८,

राजकुमार तामाङले १६ सय ५३, सहदेव सेढाइले १४ सय ७७ र दलित महिला सदस्य गुनु विकले १७ सय ५२ मत ल्याएर विजयी भएका हुन्।एउटा वडाको मतगणना सकिंदा राप्तीको मेयरमा एमालेका गोविन्द कँडेलले १५ सय ३२,

गठबन्धनबाट नेकपा एसका शमशेर लामाले १२ सय ७८ मत प्राप्त गरेका छन् ।यता भरतपुर महानगरपालिकामा भने मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८७१ मत पाएका छन् । सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

यो पनि : गठबन्धनलाई परास्त गर्दै एमालेले धरानमा विजयको खाता खोल्यो

गठबन्धनका उम्मेदवारलाई परास्त गर्दै धरान उपमहानगरपालिकाको वडा नं २ मा एमालेले वडाअध्यक्ष जितेको छ । एमालेका रमेश राईले ६ सय ९५ मत ल्याउनुभएको छ,

उहाँका प्रतिवन्दी गबन्धनका सुधिर लिम्बूलले ६ सय ३९ मत पाउनुभएको छ ।३६५ दिननै दसैँ मनाउने व्यवस्थादेखि हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मतहेलिकप्टरबाटै बिउ छर्नेदेखि,

पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका ,डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्।

वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन्। यो वडामा १ हजार १२६ मत खसेको थियो।उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने,

वाचा गरेका थिए।ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय