काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा गएकालाई प्रवेश निषेध गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।

यस्तै, आयोगले मतदान स्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै वस्तु लैजान नपाइने जनाएको छ ।

आयोगले निर्वाचन आचार संहिताविपरीत कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय