लेटाङ्ग नगरका चुनावी अभियानमा नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरु घरदैलो तथा चुनाबी अभियानमा उत्शाह पुर्ण सङ्युक्त रुपमा छमछमी नाचे पछी चुनाबी माहिलको रौनकनै बेग्लै भएको थियो।अन्य राजनीतिक दल भन्दा फरक किसिमले उम्मेदवार लाई मत माग्ने शैलीनै भिन्न थियो।



साझा गठबन्धनका प्रमुख र उप-प्रमुख उम्मेदवार सहित वडा टिम टोल-टोलमा मत माग्न घरदैलोमा सहभागी हुन लेटाङको बारकोठे पुगेका थिए। कोण सभामा विभिन्न सासकृतिक कार्यक्रम गरेर कार्यक्रमलाई थप मनोरञ्जन दिएको थियो। भने कलाकारको कला र नृत्यले पनि उम्मेदवार लाई जन्ताको पक्षमा काम गर्न प्रेरित गरिरहेको थियो।

जातेको बारकोठेमा सास्कृतिक कार्यक्रम सहित घरदैलो कार्यक्रम सकेर मदन चोकमा मोडिएको टोलिले त्यहा पनि सास्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिएका थिए। विभिन्न बिधाका नृत्य र रास्ट्रीय स्तरको गायन क्षेत्रमा परिचय निर्माण गरिसकेका दिपक थापा मगरले कार्यक्रमको माहोलनै तताएका थिए।

काङ्ग्रेसका कलाकार टोलि र माओवादी केन्द्र लेटाङ-९ का जन सास्कृतिक टोलिका कलाकारहरुले जनबादी गितमा नृत्य गरेर अतिथिहरुका मनलाइ प्रफुल्ल बनाई दिएका थिए। जनबादी गितमा कलाकारहरुले गरेको अभिनयले तत्कालीन १० बर्षे जनयुद्धको झझल्को दिएको थियो। चुनावी प्रचारमा सहभागी सबैलाई नृत्य र गायनले जुरुक्क उठाउन बाध्य तुल्याएको दृश्य थियो।

कलाकर्मिहरुले कलाबाटै क्रान्ती गर्ने र कला द्वारा प्रतिभा प्रस्फुटन गर्ने माध्यमलाई लेटाङका दुई राजनीतिक दलले भरपुर प्रयोग गरेर कलाको सम्मान गरेको फरक दृश्य देखिएको थियो। कलाकारहरुको कलाले सहभागी सबैमा बेग्लै खालको जोस र जाघर थपेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय