
लेटाङ- नेपालि काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले लेटाङ नगरमा बैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय निर्वाचनमा गठबन्धन सहित भाग लिने भएपछि दुबै दलका कार्यकर्ताहरु उत्साहपुर्ण तरिकाले मतदाताको घर-घरमा आफ्ना उम्मेदवार लाई बिजय गराउन तातिएका छन।
निर्वाचनको मिति नजिकै गर्दा चुनाबी माहोल तिब्र बन्दै गएको छ। नेपाली काङ्ग्रेस सहित माओवादी केन्द्रले लेटाङ ९ नम्बर वडामा चुनाबी गतिविधि तिवर बनाउदै गएको छ। माओवादी केन्द्र लेटाङ नगरको उप-प्रमुख सहित दलित महिला सदस्य, महिला सदस्य र खुल्ला पुरुष सदस्य गरि ९ जना सदस्य लाई चुनावी मैदानमा उतारेको छ।
भने दुबै दलका नेता कार्यकर्ताहरु यतिबेला उम्मेदवार सहित लेटाङका सबै वडाहरुमा मतदाताको घर-घर गइ परिचयात्मक र घर दैलो कार्यक्रम मार्फत मत माग्न ब्यस्त छन।











