काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तयार पारेका चुनावी गीतहरुका बालबालिकाको प्रयोग भएको पाईएको छ । निर्वाचन आयोगले चुनावी अभियानमा कलिला बालबालिकालाई प्रयोग गर्न प्रतिवन्ध लगाएपनि एमालेका चुनावी गीतहरुमा बालबालिकाको दुरुपयोग भएको पाईएको हो ।

नेकपा एमालेको भेरिफाईड आधिकारिक फेसबुक पेज कम्युनिष्ट पार्टी अफ नेपाल, युएमएल शेयर गरिएका गीतहरुमा बालबालिकालाई प्रयोग गरिएको देख्न सकिन्छ ।  शुक्रबार मध्यान्न १२ बजेको हाराहारीमा एमालेको सो पेजमा एउटा गीत साझा गरिएको छ । ‘हाम्रो पार्टीको  प्रवासी नेपाली मञ्चले तयार पारेको हाम्रो चुनावी गीत जनतामाझ निक्कै चर्चित बन्दैछ’ भनेर शेयर गरिएको एमालेलाई भोट मागिएको गीतमा नेपाली पहिरनमा सजिएका अन्दाजी १०–१२ वर्षका बालक देखिएका छन् ।

सो गीतमा गायिका कोमल ओलीलगायत एमाले नेताहरुले समेत अभिनय गरेका छन् ।  त्यस्तै एमालेको सोही फेसबुक पेजमा शेयर गरिएको अर्को गीतमा पनि बालकको प्रयोग भएको छ । आदिबासी जनजातिको सामुहिक आह्वान, वैशाख ३० गते सूर्यमा मतदान, नेकपा एमाले जिन्दावाद भनेर साझा गरिएको गीतमा बालक प्रयोग भएका छन् ।

निर्वाचन आयोगले भने राजनीतिक दल तथा तीनका भातृ संगठनहरुले चुनावी गतिविधि गर्दा १८ वर्ष भन्दा माथिका नागरिकलाई मात्रै प्रयोग गर्न पाउने उल्लेख गरेको छ । निर्वाचन आचारसंहित उल्लघन गरेको देखिएको र उजुरी परेमा आयोगले आवश्यक कारबाही अघि बढाउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय