गठबन्धन भर्सेस एमालेः कुन महानगरमा कसले मार्ला बाजी ? बाहिरियो यस्तो हिसाबकिताब
काठमाडौं-
 वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न तीनदिन मात्र बाँकी छ । निर्वाचनका लागि दल दर्ता गरेका राजनीतिक पार्टीहरू अहिले उमेदवारको अन्तिम टुंगो लगाउने चटारोमा छन् ।

निर्वाचन प्रयोजनकै लागि सत्ता गठबन्धनमा आवद्ध पाँच दलहरू तालमेल गरेर ६ महानगर र ११ उपमहानगरको भागबण्डा गरिसकेका छन् । जसमध्ये गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ३ महानगर र ७ उपमहानगर पालिकामा प्रमुख लिएको छ । यता, नेकपा माओवादी केन्द्र० ले एक महानगर र २ उपमहानगर तथा नेकपा एकिकृत समाजवादीले एक महानगर र एक उपमहानगर लिने भएका छन् ।

गठबन्धनको अर्को दल जनता समाजवादीले १ महानगर र १ उपमहानगर लिएको छ भने गठबन्धनमै आवद्ध राष्ट्रिय जनमोर्चाले भने महानगर र उपमहानगरमा भाग पाएको छैन । काठमाडौं महानगरपालिकामा एमाले बलियोः सत्ता गठबन्धनको भागवन्डा अनुसार काठमाडौं महानगरपालिका प्रमुख नेपाली कांग्रेसको भागमा परेको छ । यस्तै उपप्रमुख भने नेकपा९एकिकृत समाजवादी० ले लिने भएको छ ।

गएको स्थानीय तह निर्वाचनमा काठमाडौं नगरपालिकामा २ लाख ७९ हजार ३०७ कुल मतदाता थिए । अहिले काठमाडौंमा २० हजार ९३५ मतदाता थपिएर ३ लाख २४२ पुगेको छ । अहिले गठबन्धनमा आवद्ध दलहरू गएको स्थानीय निर्वाचनमा एक्ला एक्लै निर्वाचन लडेका थिए । हिसाव गर्दा गठबन्धनमा आवद्ध दलहरुले त्यसबेला प्राप्त गरेको ५९ हजार ४७४ मत एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ल्याए जितेको मत भन्दा पाँच हजार ४३९ कम हो ।

त्यस समयमा एमालेलाई राप्रपाले सहयोग गरेको थियो भने पार्टी पनि विभाजन नभएकाले सक्लो थियो । अहिले विभाजन भएर नेकपा एसले काट्ने भोटको यकिन तथ्यांक निकाल्न भने चुनाव नै कुर्नुपर्ने हुन्छ । ललितपुर महानगरमा एमालेभन्दा गठबन्धन बलियोः आसन्न स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको नेतृत्व कांग्रेसको भाग मा परेको छ । प्रमुख कांग्रेसले पाउँदा उपप्रमुखमा माओवादी केन्द्रले पाएको छ ।

गएको स्थानीय तह निर्वाचनमा भने प्रमुख उपप्रमुख दुबै कांग्रेसले जितेको थियो । प्रमुख तर्फ कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३३२ मतले पराजित गरेका थिए । एमालेले भने यहाँ पनि राप्रपासँग चुनावी गठबन्धन गरेको थियो ।

२०७४ को तथ्यांकलाई हिसाब गर्दा ललितपुरमा गठबन्धनको ११ हजार ७७२ मत बढी छ । यसमा नेकपा एसले काट्ने मतको तथ्यांक छैन । गएको स्थानीय निर्वाचनमा १ लाख १२ हजार ९२३ मतदाता थिए भने यो संख्यमा अहिले थप भएको छ । महानगरको २०७४ को स्थानीय चुनावभन्दा बढी ९ हजार ९६७ मत थपिएर १ लाख २२ हजार ८९० मतदाता पुगेका छन् ।

२०७४ मा एमालेका तर्फबाट उमेदवार बनेका हरिकृष्ण व्यञ्जनकारले २४३१६ मत ल्याएका थिए । प्रमुख तर्फ स्वतन्त्र उमेदवार रमेश महर्जनले १३४५८ मत ल्याएका थिए । भरतपूर महानगरपालिकामा झिनो मतान्तर, ३५ हजार मतदाता निर्णायकः भरतपूर महानगरपालिका पनि गएको स्थानीय तह निर्वाचनमा नेकपा९माओवादी केन्द्र० र नेपाली कांग्रेसले गठबन्धनको माध्यमबाट प्रमुख र उपप्रमुख क्रमश जितेको थियो । अहिले पनि यहाँ प्रमुख माओवादी र उपप्रमुख कांग्रेसको भागमा परेको छ ।

गएको निर्वाचनमा यहाँको कुल मतदाता संख्या १ लाख ५० हजार २७३ रहेको थियो । अहिले यहाँ ३५ हजार ४७९ नयाँ मतदाता थपिएर १ लाख ८५ हजार ७५२ मतदाता संख्या पुगेको छ । २०७४ को स्थानीय चुनावमा भरतको प्रमुखतर्फ नेकपा एमालेले ४२९२४ मत ल्याएका थिए । गठबन्धनबाट रेणु दाहालले ४३,१२७ मत ल्याएकी थिइन् । यहाँ गठबन्धन ७७६ मतले मात्र अघि छ ।

पोखरामा १० हजार बढी मतले गठबन्धन पछाडि, एमालेमा विभाजनको असर हिसाब हुँदैः गएको स्थानीय तह निर्वाचनबाट पोखरा महानगरपालिका एमालेले जितेको थियो । तर, त्यतीबेला एमाले विभाजन भएको थिएन भने नाकावन्दीपछिको राष्ट्रवादको नाराले एमालेलाई जनसमर्थनको लहर समेत चलेका थियो ।अहिले एमाले विभाविजत भएको छ र प्रतिस्पर्धी एमालेबाटै गएका व्यक्ति हुने पनि निश्चित भएको छ ।

किन भने पोखरा महानगरपालिकाको प्रमुख पदमा एमालेबाट विभाजन भएको दल नेकपा एकिकृत समाजवादी०ले गठबन्धनबाट भाग पाएको छ । एमालेसँग दोस्रो भएको कांग्रेसले उपप्रमुख पद स्वीकार गरेको छ । उपप्रमुखमात्र लिँदा कांग्रेसमा आउन सक्ने असन्तुष्टीको असर पनि हिसा वगर्ने अवस्था बनेको छैन । २०७४ को स्थानीय तह निर्वाचनमा भने एमाले उमेदवार १३ हजार ७०२ मतान्तरले विजयी भएका थिए । गएको स्थानीय तह निर्वाचनमा महानगरभित्र १ लाख ६८ हजार ६८ मतदाता रहेका थिए । पाँच वर्षको अवधिमा यो संख्यामा ३९६४४ जनाले थप भएको छ । अहिले यहाँ २ लाख ७ हजार ७१२ मतदाता पुगेका छन् ।

वीरगन्जमा गठबन्धन निकै अगाडि, सरावगीको भोट कता ? अघिल्लो पटक पनि महानगर जित्न सफल जनता समाजवादी पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा पनि गठबन्धन दलको तर्फबाट वीरगन्ज महानगरपालिकामा प्रमुख पद पाएको छ । त्यतिबेला अहिलेका प्रमुख विजय सरावगी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका हुन् । तर, अहिले सरावगी एमाले प्रवेश गरिसकेका छन् ।

२०७४ को निर्वाचनको तथ्यांक हेर्दा यहाँ गठबन्धन दलहरुसँग ५३ हजार बढी मत छ । जवकी एमालेसँग ८ हजार बढी मत मात्र छ । गएको निर्वाचनमा वीरगंजमा कांग्रेस उपप्रमुख जित्दै दोस्रो बनेका थियो । यसपटक पनि उपप्रमुख भने कांग्रेसले पाउने भएको छ । २०७४ सालको निर्वाचनमा यहाँ १ लाख ८ हजार ५०१ मतदाता रहेका थिए । अहिले यो संख्यामा १६ हजार १४६ ले वृद्धि भएर १ लाख २४ हजार ६४७ पुगेको छ । गएको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा एमालेले ८६८८ मत मात्र ल्याएको थियो । अहिले विपक्षी गठबन्धनबाट एमालेका सरावगी उम्मेदवार बनेका छन् ।

विराटनगर महानगरपालिका ः थपिएको १९ हजार मत पनि एमालेलाई अपुगः गएको स्थानीय तह निर्वाचनमा विराटनगर महानगर प्रमुख उपप्रमुख दुबै पद कांग्रेसले जितेको थियो । तर, आसन्न स्थानीय तह निर्वाचनमा भने विराटनगरमा उपप्रमुख पद कांग्रेसको भागबाट खोसिने भएको छ ।

यहाँ गठबन्धनमा भागवन्डा गर्दा उपप्रमुख पद जसपाको भागमा परेको छ । गएको निर्वाचनमा एक लाख १३ हजार ७६१ मतदाता रहेको विराटनगरमा १९ हजार ३८१ मतदाता थपिएका छन् । अहिले यहाँ एक लाख ३३ हजार १४२ मतदाता रहेका छन् । २०७४ को चुनावको तथ्यांक विश्लेषण गर्दा गठबन्धन दलसँग करिव ३८ हजार मत छ । यता, नयाँ थपिएका सबै मतदाताले मत एमालेमा हाल्ने हो भने पनि अघिल्लो चुनावको तथ्यांक अनुसार गठबन्धनलाई जित्न सम्भव देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय