बैशाख ३० गते सप्पन्न हुने स्थानीय निर्वाचन सम्बन्धि विभिन्न राजनीतिक दलहरु लाई निर्वाचन आचार संहिता पालना गर्न गराउन लेटाङ्ग नगरपालिकामा निर्वाचन आयुक्तको कार्यालयमा सर्बदलिय बैठक बसेको छ।

अयोगले सबै राजनीतिक दलहरु लाई निमन्त्रणा गरेर बैठक बसेको हो। शुक्रबार निर्वाचन आयुक्तको कार्यालय लेटाङमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजबादी, संघीय लिम्बुवान रास्ट्रीय मन्च, संघीय लिम्बुवान मन्च लगायतका राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो।

लेटाङ नगरमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी समजदारी र सहयोग रहनु पर्ने निर्वाचन आयुक्तले बताउनु भएको छ। सबै दललाई शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन भुमिका निर्वाह गर्न पनि अनुरोध गर्नुभएको छ।

यसैगरी निर्वाचन आयोगको तर्फबाट वडा सदस्य, वडा अध्यक्ष र पालिका अध्यक्ष, पालिका प्रमुखको उम्मेदवारीमा लाग्ने दस्तुर बारे पनि सबै दललाई जानकारी दिनु भएको थियो। भने उम्मेदवारको योग्यता बारे पनि बृफिङ गरिएको थियो। आयोग लाई सबै राजनीतिक दलले निर्वाचन शान्तिपूर्ण र सौहाद्रपूर्ण गर्ने प्रतिबद्धता गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय