काठमाडौं- निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध सर्वोच्च अदालत गएका छन् ।
सरकारले विभिन्न अभियोग लगाउँदै गत चैत २५ गते पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेपछि अधिकारी गभर्नर पदबाट निलम्बित छन् ।
सरकारले आफूमाथि अवैध रुपमा कारबाही प्रक्रिया सुरु गरेको भन्दै सरकारको निर्णयविरुद्ध अधिकारीले सर्वोच्चमा रिट दर्ता गर्न गएका हुन् ।
गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै उनले रिट दर्ता गर्न लागेका छन्।








