लेटाङ- नेकपा माओवादी केन्द्र सम्बद्ध जातीय मोर्चा लिम्बुवान रास्ट्रीय मुक्ती मोर्चा नगर कमिटी सन्त राज लिम्बुको अध्यक्षतामा गठन भएको छ। माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समितिका सह इन्चार्ज हेम कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

विशेष अतिथिको रुपमा प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर इन्चार्ज कृष्ण लम्साल रहनु भएको थियो। संघीय निर्वाचन क्षेत्र मौसम लिम्बू, निर्वाचन क्षेत्र नम्बर “ख” का संयोजक भुपेस लिम्बू,माओवादी केन्द्र लेटाङ नगर कमिटी अध्यक्ष बिनोद नेपाल रहनु भएको थियो।

तत्कालीन नेकपा माओवादी पार्टी लाई सघाउ पुर्याउदै आएको जातिय मोर्चा लिम्बुवानको युद्धकालिन अवस्थामा निक्कै ठूलो भुमिका रहेको प्रमुख अतिथि कार्किले बताउनु भएको छ। माओवादी केन्द्रको आन्दोलन लाई बिन्दुमा पुर्‍याउन लिम्बुहरुको पनि ठूलो योगदान छ। त्यसैले बाकी रहेका अन्य एजेन्डा र बिचार लाई अस्थित्वमा ढाल्न लिम्बुवान मोर्चाले अग्रणी भुमिका निर्वाह गर्नु पर्छ।”कार्किले भने”।

लिम्बुवान रास्ट्रीय मुक्ती मोर्चाका बिषयमा अतिथि रहेका संघीय निर्वाचन क्षेत्र संयोजक मौसम लिम्बू लिम्बुवानले माओवादी केन्द्रको आन्दोलन लाई सफल पार्न खेल्नु पर्ने भुमिका बारे बृफिङ गरेका थिए। भने आगामी दिनमा लिम्बुवान रास्ट्रीय मुक्ती मोर्चाको कार्य दिशा र लिम्बुवानको मुद्दा र एजेन्डा प्रती पार्टी नेतृत्व पङ्क्ती गम्भीर हुनुपर्ने धाराणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय