देवचुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र बचाउनका लागि गठबन्धन आवश्यकता भएको बताएका छन ।

आज नवलपुरको देवचुलीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संकटमा परेको गणतन्त्र बचाउनकै लागि चुनावमा समेत गठबन्धनको आवश्यकता परेको बताएका हुन् । स्थानीय चुनाव माओवादीका लागि ठूलो लडार्इं भएको भन्दै प्रचण्डले भने, ‘माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्छ ।’ सबैले चनाखो भएर पार्टीलाई जिताउन लाग्नुपर्ने भन्दै उनले त्यसका लागि नेता कार्यकताहरु गम्भीर भएर लाग्नुपर्ने जनाए ।

प्रचण्डले माओवादी हारे परिवर्तनले ल्याएका सबै अधिकार गुम्न सक्ने बताउदै चुनावमा प्रतिगामी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

सबैतिरबाट एक्लिएपछि ओली चटके बन्दै हिँडेको बताउँदै वामपन्थी एकता केपी ओलीले ध्वस्त पारेको आरोप समेत लगाए। आफू अल्पमतमा परेपछि अदालतको सेटिङमा नेकपा पार्टी भङ्ग गरेको आरोप समेत उनले लगाए ।

प्रचण्डले भने, ‘जुन उद्देश्य साथ नेकपा गठभएको थियो, ओलीको दम्भका कारण विघटन भयो । अहिले उनी सबैतिरबाट एक्लिएपछि राप्रपा कमल थापाको शरणमा पुगेका छन् ।’

अध्यक्ष प्रचण्डले भमिहिन किसानलाई ३ महिनामा २० हजार पुर्जा बाँढेको बताउँदै बाँकी भुमिहिनलाई पनि छिटै पूर्जा वितरण गर्ने कार्य अघि बढेको जनाए।

अध्यक्ष प्रचण्डले अब २ दिनभित्र महानगर र उपमहानगरको टुङ्गो लाग्ने बताउँदै अबको चुनावमा गठबन्धन एक भएरै जाने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय