२७ चैत-  पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक जारी छ ।

बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको ‘मोडालिटी’, जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण लगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि चैत २३ गतेको बैठकले शनिबारसम्ममा जिल्ला र स्थानीय तहमा दलगत स्थितिबारे रिपोर्ट बुझाउन गठबन्धनको जिल्ला संयन्त्रहरुलाई निर्देशन दिएको थियो ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ। निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुसालले बताए।

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन। यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो। जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय