नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् ।चितवनमा बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रको एकमात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे ।

अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी बलियो बन्नुपर्ने प्रचण्डले बताए ।

बलिदानी पूर्ण सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिलाई सिध्याउन देशीविदेशी शक्ति लागिपरेको भन्दै उनले त्यसलाई जोगाउन युवाको खाँचो रहेको बताए । लडेर मात्र हकअधिकार प्राप्त र संस्थागत गर्न सकिने बताउँदै युवालाई सभ्य ढङ्गले प्रतिगामीसँग लड्न उनले आग्रह गरे ।

माओवादी र प्रचण्डलाई हराउन देशीविदेशी शक्ति लागेको भन्दै उनले त्यसलाई परास्त गरेर अघि बढ्ने दाबी गरे । प्रचण्डले भने, “प्रचण्डलाई हराउने भनेको परिवर्तनलाई सिध्याउने हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सिध्याउने नियत हो ।” त्यसलाई कदापि पूरा हुन नदिनेसमेत उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय