चैत्र २३- बुधराज लिम्बू योङ्हाङ इलाम । माइ नगरपालिकाको साबिक महमाइ हाल वाड ६/७/८ मा १० दिवसीय उद्घोषण माइन्युट निवेदन लेखन क्षमता अभिवृद्धी तालिम समापन भएको सचिब पबित्र बुर्जा मगर ले जानकारी दिनु भयो । सामाजिक रुपान्तरणका लागि यूवा भन्ने नाराका साथ यूवा सशत्तिकरण समुह माइ नगर संजाल ले मिति २०७८/ चैत १४ गते बाट माइ न: पा :वाड ७ को खाली भवनमा कार्यक्रम सुरु भएको युवा सशक्तीकरण सदस्य मन कुमार सदेम्बा ले जानकारी दिनु भयो ।

तालिममा सहभागि तीन वटा वडाका विभिन्न क्षेत्र बाट २८ जना भएको थियो भने सबै सहभागी लाई प्रमाण पत्र प्रदान गरिएको थियो जानकारी दिनु भयो । १० दिवसीय तालिम कार्यक्रम सहभागी प्रतिनिधित्व गर्दै मिसाएल लिम्बू युवा सशत्तिकरण समुहले आयोजना गरेको तालिम आफुहरुका लागि प्रभावकारी भएको स्कुल कुनै संस्था मा आशा नगरेको युवा सशक्तीकरण मा यो मौका पाएको मा सबै सहभागी खुशी भएको जानकारी दिनु भयो ।

स्थानीय सरकार माइ नगर पालिका को आर्थिक बर्ष २०७८-७९ सालको विनियोजित बजेटबाट कार्यक्रम संचालित भएको सदस्य सचीव पबित्र मगर ले जानकारी दिनु बिशेश अथिती वाड २ को वाड अध्यक्ष खम्बासिंह लिम्बू ले आफ्नो भनाइ राख्ने क्रममा आउदो दिनहरु मा यस्तो कार्यक्रम आवश्यक भएको हामी रहे नरहे नि यस्तो कार्यक्रम सधै युवा हरु लाई दिनु आवश्यक भएको ले बिशेश अथिती प्रमुख प्रशाकृय अधिकृत गणेश अधिकारी लाई अनुरोध समेत गर्नु भयो !

युवाहरुको क्षेत्रमा युवा को सवालमा सक्रिय रुपमा लागि परेको युवा सशत्तिकरण समुह चेतना विकास, स्वरोजगार तथा नेतृत्व विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम अध्यक्ष संगम सुब्बा ले जानकारी दिनु भयो ।










