काठमाडौं । स्थानीय तह निर्वाचन मिति (३० वैशाख) जति नजिक आइरहेको छ, त्यतिकै चुनावी सरगर्मी बढेको छ । विशेष गरी यतिखेर सबैको ध्यान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा छ ।

स्थानीय निर्वाचन लक्षित गतिविधि गरिरहेका प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा पार्टीको दाबी रहने बताइरहेका छन् । त्यसो त हाल उनकी छोरी रेनु दाहाल त्यहाँकी मेयर हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई ‘अयोध्यापुरी नगरी’ भनेर ‘हिन्दु मतदाता’ रिझारहँदा एमालेकै कार्यकर्ता भने बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसकारण चितवन एमाले दुःखी भएको छ ।

नेकपा एमाले चितवनका कार्यकर्ता इन्द्र बहादुर लामिछाने भन्छन्, ‘स्थानीय तह चुनावकै मुखमा हाम्रा केही साथीहरू पार्टीको नीति, सिद्धान्त, आचारसंहित उल्लंन गर्दै माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । यसले हामीलाई दुःखी बनाएको छ । उहाँहरूले हामीलाई धोका दिनुभयो ।’

प्रचण्डको भावनासँग जोडिएको चितवनमा ओलीले ‘हिन्दु मतदाता’ तानिरहँदा चितवन माओवादी खिन्न रहेकाे माओवादी कार्यकर्ता बताउँथे । उक्त खिन्नता बुधबार एमालेनिकट युवा संघका भरतपुर महानगरपालिका उपाध्यक्ष विशाल खड्गीको नेतृत्वमा २०० जना युवाहरू माओवादीमा प्रवेश गरेपछि ताेडिएकाे माओवादी कार्यकर्ताकाे बुझाइ छ ।

आजै सयपत्री आमा समूहका महिलाहरू पनि माओवादी केन्द्रमा प्रवेश गरे । उनीहरू सबैलाई अध्यक्ष प्रचण्डलगायतले स्वागत गरे ।

P.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय