काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रबाट गठबन्धन गर्न नहुँने बताएका छन् । आसन्न निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताउँदै उनले केन्द्रबाट तालमेल गर्न खोजे देशव्यापी विरोध हुने चेतावनी दिएका छन् ।
केन्द्रमा धेरैले गठबन्धन गर्ने भने पनि आफूहरूले बीचको बाटो लिने निर्णय गरेको उनको भनाइ छ। यसअघि केन्द्रीय कार्यसमितिको बैठकले पनि केन्द्रले सर्वसम्मतरुपमा केन्द्रबाट गठबन्धन नथोपर्ने, तर स्थानीय स्थिति र आवश्यकता हेरेर तालमेल गर्न सक्ने निर्णय गरेको थियो ।
डा.कोइरालाले पार्टीले नै तालमेल गरेर जान सक्ने निर्णय गरेको कारण संयन्त्र बनाउने गठबन्धनको निर्णय सही भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
सत्तारुढ गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संयोजक पौडेलसहित १० सदस्यीय समिति गठन गरेको थियो ।
डा.कोइालाले सभापति शेरबहादुर देउवाले भागबण्डाको राजनीति गर्न नहुने र न्यायोचित ढङ्गले पार्टी चलाउनु पर्ने माग समेत गरेका छन् ।










