काठमाडौं – नेकपा माओवादी केन्द्रबाट निर्वाचित धादिङ रोराङ गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले आफू परिवन्दमा परेर एमाले प्रवेश गरेको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न आज विहान खुमल्टार पुगेका डल्लाकोटीले आफूलाई निर्वाचित गर्ने नेता, कार्यकर्ता र जनताको दबाबका कारण २ दिन पनि एमालेमा टिक्न नसकेको र गल्ती महसुस गरि माओवादीमै फर्किएको बताए ।
जवाफमा अध्यक्ष प्रचण्डले डल्लाकोटीलाई अब काममा फर्कन निर्देशन दिएका थिए । अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लेले भने, ‘अध्यक्ष ज्यु, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगे। यसमा मेरो गल्ती भो। तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन, सुत्न नि दिएनन।
मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु ।र, म २ दिनमै घर फर्केको छुू ( आज बिहान खुमलटार पुगेका धादिङ रोराङ बेनिघाट गाउँ पालिका अध्यक्ष हरि डल्लाकोटीले भने। अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरे भनिसक्नु भो। अब काममा फर्कनुस भन्नुभयो ।’










