काठमाडौं – श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकै दिनमा राजीनामा दिएका छन् । सोमबार बेलका अर्थमन्त्रीमा नियुक्त भएका अलि सार्बीले २४ घण्टा पनि पूरा नहुदै बुधबार बिहान राजीनामा दिएका हुन् ।

सोमबार उनीसँगै अरू तीन गरी चार मन्त्रीले शपथग्रहण गरेका थिए । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोताबाया राजापाक्षले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

अहिलको संसदभन्दा बाहिरका व्यक्ति सहभागी भएर स्वतन्त्र व्यक्तिको अन्तरिम सरकार बनाउन पनि माग राख्ने उनले राजीनामा दिएका हुन् । त्यसका लागि संसद् सदस्य भएकालाई संसद सदस्यबाट राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उनको भनाइ छ ।

देशको अर्थतन्त्र चरम संकटमा पछि अभाव र समस्या सिर्जना भएको भन्दै नागरिक आन्दोलित भएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय