बुधराज लिम्बू योङ्हाङ
इलाम माइ
सहारा नेपाल शाखा दानावारी सेवा केन्द्र र नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखाको संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकोे छ ।
सहारा नेपाल साकोसको २७ औ बार्षिक उत्सवको अवसरमा वाड २ सितली दानाबारी मा रक्तदान कार्यक्रम उद्घाटन भएको थियो ।
रक्तदान कार्यक्रममा ४७ महिला सहित १०१ जनाले रक्तदान गरेका जानकारी दिनु भयो ।
आजको रक्तदान कार्यक्रम मा शेयर सदस्य बीरबहादुर पोर्तेलको मृत्यु पश्च्यात उनकी श्रीमती विमाया पोर्तेललाई ५० हजार रुपैया र देशमति त्रिखत्रीको मृत्युमा उनका छोरा रत्न बहादुर त्रिखत्रीलाई नगद २ लाख रुपैयाको रिन मिनाहा भएको चेक हस्तान्तरण गर्नुभएको थियो !
नेपाल रेडक्रस दानाबारी उपशाखाका सभापति मित्रप्रसाद गौतमको अध्यक्षता, सहारा नेपाल९साकोस० दुधे सेवा केन्द्रका अनुगमन अधिकृत चुडामणि कट्टेलको बिशेष आथित्यता तथा नेपाल रेडक्रस सोसाईटी दमक रक्त संचार इकाईका प्रमुख सिद्धार्थ दहालको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको औचित्य माथि सहारा नेपाल९साकोस० दानाबारी प्रमुख त्रिलोचन लिम्सीनाले प्रकाश पार्नु भयो कार्यक्रम सम्पन्न पश्चात सबै रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्दै रेडक्रस दानाबारी पुर्ब सभापति कृष्ण खाकीले धन्यवाद मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडक्रस सचिव हरिप्रसाद गुराँगाई र सहारा नेपाल९साकोस०दानाबारीका कर्मचारी अम्वर लिम्बुले गर्नुभएको थियो ।
झापाको बिर्तामोड मुख्य कार्यालय रहेको संस्थाले प्रदेश १ का ६ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर अघी बढीरहेको सहारा साकोसको ७९ वटा सेवाकेन्द्र मार्फत कार्यक्रम सञ्चालन गर्दै आएको जनाईएको छ । हाल संस्थामा १ लाख ६० हजार सदस्यहरु आवद्ध रहेका जानकारी गराईएको थियो ।










