नेपाल कम्युनिस्ट पार्टी माअाेवादी केन्द्र निर्वाचन प्रचारप्रसार सम्पर्क कार्यालय देवदह २ काे उदघाटन गरिएकाे छ।
नेकपा माअाेवादी केन्द्र देवदह २अध्यक्ष घनश्याम गिरि काे सभापतित्वमा सम्पन्न भएकाे हो। कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य साेनिया यादव रहनु भएको थियो।
देवदह नपा सचिवालय सदस्य किशाेर काफ्लेले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रममा देवदह नपा पुर्व संयाेजक केदारनाथ काफ्ले,उपाध्यक्ष गणेश खाति जिल्ला सदस्य मुरारी पाण्डे लगायतले अाफ्नाे धारणा राख्नुभएकाे थियाे।
कार्यक्रमकाे सञ्चालन वडा सचिव बिष्णु सापकाेटा ले गर्नुभएकाे हो।










