सुरेश यादव,नवलपरासी / चैत ११ ।
आज पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ स्थित जनात मा.वि.भुजहवामा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिता २०७८ काे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
सरावल गाउँपालिकाकाे आर्थिक सहयाेग तथा आयाेजना एवम् सरावल खेलकुद संस्थाकाे सहकार्यमा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभयाे । सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् संविधानसभा सदस्य बिक्रम खनालकाे प्रमुख आतिथ्यतामा भलिबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरी, उपाध्यक्ष उत्तमा कुमारी राय,नेपाली काङ्ग्रेस नवलपरासी जिल्लाका उपसभापति अनिल कुमार गाैड,सरावल गाउपालिका वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव,वडा नं ७ का वडा अध्यक्ष हैयात अलि धुनिया,समाजसेवी एवम् नेकपा एमालेका नेता सुखाडी प्रसाद चाैधरी,पत्रकार सुरेश यादव,नन्दु यादव,रामजी प्रजापति,सशस्त्र प्रहरी भुजहवाका स.ई जनक चाैधरी,नेपाल प्रहरी भुजहवाका स.ई आर.बि महताे,नेपाल गाेल्डेन आईडल सिजन ५ का उपविजेता बिजय कुमार गुप्ता लगायतको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य जनता मा.वि.सरावल-६ भुजहवाका प्रधानध्यापक कृष्ण कुश्वाहाकाे रहेकाे थियाे भने बिधालय व्यवस्थापन समिति अध्यक्ष शम्भु प्रसाद यादव,वडा नं ६ का अध्यक्ष कैलाश यादव,वडा नं ७ का अध्यक्ष हैयात अलि धुनिया,गाउँपालिका उपाध्यक्ष उत्तमा कुमारी राय,गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियाे भने सरावल खेलकुद संस्था का सचिव दिपक क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे ।








