जनकपुर, चैत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारका केही मन्त्री फेरिए पनि गठबन्धनमा परिवर्तन नहुने बताएका छन् ।
अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिन सक्छन, गठबन्धन परिवर्तन नहुने बताएका छन । जनकपुर पुगेका अध्यक्ष नेपालले एमालेसँग तालमेल नहुने बताए ।
अध्यक्ष नेपालले भने, ‘एमालेसँग कुनै प्रकारको तालमेल गर्ने सम्भावना छैन । एमालेका नेताको अभिव्यक्ति र व्यवहारका कारण न त उहाँहरूसँग तालमेल हुन्छ न त अन्य कुनै प्रकारको सहकार्य नै हुन्छ ।’
नेपालले गठबन्धनभित्र विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताए । उनले भने, गठबन्धनमा रहेका दलबीच विन-विनको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने गरी छलफल भइरहेको छ ।










