उदयपुर – खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर ४ घोरिङ्खाका कुमार श्रेष्ठका ‘एक्ली छोरी’ उर्मिलाले सानैदेखि सजाएको सपना थियो नेपाल प्रहरी । कक्षा १ देखि १२ सम्मको पढाई धर्तुङस्थित स्थानीय बालकन्या माविमा पूरा गरेपछि सपनाहरुलाई रंगीन बनाउन सहरतिर लागिन् । अर्थात नेपाल प्रहरीको तालिम केन्द्र रानीबाट झण्डै दुई वर्षअघि जवान पदमा भर्ना भईन् ।
बिभागीय निणर्य अनुसार उनी जन्मथलो खोटाङ छाड्दै मोरङ आसपासलाई कर्मथलो बनाउन थालेकी थिइन् ।
एक दिन उनी कार्यरत प्रहरी कायालयमा आएको जाहेरी पछ्याउदै घटनास्थल पुग्दा मृत्यु व्यहोर्न पुगेकी उर्मिलाको अ,भावमा अहिले परिवारमात्र हैन सिंगो खोटाङबासी शो,कमा डु,बेको बराहपोखरी ४ का वडाध्यक्ष भुवल राईले बताए ।
मोरङको खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले सोही विद्यालयकी १२ वर्षीया बालिकालाई शारी,रिक दु, व्र्यवहार प्रयास गरेको आरोप लागेपछि नियन्त्रणमा लिन जाँदा उर्मिलाको मृत्यु भएको थियो ।
सोधपुछका लागि आरोपित शिक्षकलाई नियन्त्रणमा लिन गएको टोलीमाथि गाउँले आ, क्रमण गर्दा उनीसहित २५ प्रहरी घाइते भएका थिए । उर्मीलाको छा,ती र घाँटीमा गहिरो चोट देखिएको छ ।
मृतक प्रहरी जवान उर्मीलाले केही वर्षअघि मात्र बिवाह गरेकी थिइन् । उनका एक दाई र एक भाई छन् । दाई भुवन श्रेष्ठ पनि नेपाल प्रहरीकै असई पदमा जाँगीरे छन् । उर्मीला भने दुई माइतीका एकमात्र चेली थिइन् ।
समाजमा शान्ति सुरक्षा बहालीका लागि कर्तव्य पालनको शिलसिलामा वीरगति प्राप्त महिला प्रहरी उर्मीलाप्रति हार्दिक श्रद्धा,ञ्जली !










