काठमाडौं – कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम गर्न थालेको हो ।
सो कार्यालयका सूचना अधिकारी हरिराम नागिलाले अहिलेसम्म ४०० भन्दा बढी सङ्ख्याको माग स्वीकृति भइसकेको छ भने ६०० भन्दा बढी स्वीकृतिको लाइनमा रहेको बताए। उनले वैदेशिक रोजगार कम्पनीमार्फत पूर्वस्वीकृतिका लागि आएका मागको स्वीकृति गर्ने काम द्रत गतिमा भइरहेको पनि जनाए ।

सो कार्यालयका अनुसार मलेसिया खुलेपछि गएको मङ्गलबारदेखि पहिलो विज्ञापन पूर्वस्वीकृति नम्बर २५८८१६ जारी भई विभागको वेबसाइटमा सार्वजनिक भएको छ ।

सो कार्यालयका सूचना अधिकारी नागिलाका अनुसार सरकारले मलेसिया रोजगार खुला गरिसकेकाले अब दूतावासले प्रमाणित गरेको मागको निवेदनले धमाधम विज्ञापन पूर्वस्वीकृति पाउने  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय