क्वालालम्पुर : मलेसियाको Wistron Technology कम्पनीले कामदारको न्युनतम तलब वृद्धि गर्ने बारे सकारात्मक रहेको समाचार आएको छ । बिदेशी कामदारको लागि हालसम्म न्युनतम तलब RM 12 सय दिदै आएको कम्पनीले अब भने न्युनतम तलब वृद्धि गरेको सबैको १५ सय बनाउने भएको बताइएको छ । जुन अस्ति घोषणा समेत भएको छ ।
मलेसियाको अन्य कम्पनीले न्युनतम तलब वृद्धि गरिरहेको बेला मलेसिया सरकारले तोके अनुसारको तलब दिनुपर्ने Wistron Technology लाई दबाब आएको थियो । सोही अनुसार Micron memory ले पनि अब कामदारको न्युनतम तलब वृद्धि गरेर आरएम- १७०० बारे सोचिरहेको बताइएको छ ।
स्थानीय संचार माध्यमका अनुसार कम्पनीले एक दुई महिनामै सो बारे निर्णय गर्ने बताइएको छ र सक्भर कम्पनीले बेसिक तलब RM 17 सय सम्म बनाउन सक्ने बताइएको छ ।
अहिले नेपालीको लागी मलेसिया रोजगार खुल्ला भैसकेको छ । करिब दुई बर्ष देखि बन्द मलेसिया रोजगार खुला भएको हो। मलेसिया रोजगार खुले संगै मलेसियाबाट धमाधम रोजगारको अवसरहरु आउन थालेका छन् ।
शुन्य लागतमा मलेसियाको विभिन्न कम्पनीमा रोजगारको लागि नेपालीको माग आएको छ । मलेसियाको Wistron Technology कम्पनीको लागि नेपालीको माग आएको छ ।










