काठमाण्डौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल नहुने संक्रेत गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनसम्म गठबन्धन नरहने संकेत गरेका छन्।
बुधबार पार्टीको उपत्यका विशेष प्रदेश समिति ÷ सम्पर्क समन्वय विशेष प्रदेश समिति ÷ प्रवास समन्वय समितिको वैचारिक(राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनबाट जितौँला र खाउँला भन्ने कुरा दिमागबाट हटाउन कार्यकर्तालाई आग्रह गरेका हुन् ।
आगामी तीनै तहको निर्वाचन माओवादी केन्द्रका लागि जीवन मरणको लडाइँ भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा उभिएर चुनाव जित्नका लागि तयारी गर्न आग्रह गरेका छन् ।










