बिनोद निगम/ १ चैत / नवलपरासी पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -२ चिमनटाेला स्थित एक युवक लागू पदार्थ लिन गएको बेला नवलपरासी युवा समाजकाे टिम र गेर्मी प्रहरी चौकीका इन्चार्ज चोक बहादुर केसी द्वारा मस्झाई बुझाई फर्कायका हुन ।

दैनिक रुपमा बढ्दै गएको लागू पदार्थ सेवन विक्रिवितरण तथा अाेसार पसार राेकथाम गर्नका लागि नवलपरासी युवा समाज लागि परेको छ। प्रहरी तथा नवलपरासी युवा समाज नागरिकहरुकाे सुरक्षा निम्ति अहाे रात्र कखटिरहेकाे समाजका अध्यक्ष धरमेन्द्र गिरिले बताएका छन ।

उहाँले समुदायमा बढ्दै गरेको लागु पदार्थ सेवन विक्रिवितरण तथा यश बाट भएको विभिन्न किसिमको झैझगडा र परेकाे असरलाई समाजबाट मुक्त गराउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै नवलपरासी युवा समाज राेकथाममा जुटेको छ ।

स्थानीय समाजसेवी ,प्रहरी लगाएत नवलपरासी युवा समाज ले जारि गरेको यश अभियानमा जिल्ला भित्रका हरेक संघसंस्था तथा स्थानीय जनप्रतिनिधि समेत यश अभियानमा लाग्नु पर्ने आवश्यक रहेको नवलपरासी युवा समाज संग सहकार्य गर्नु पर्छ भनी युवा समाजका बरिष्ट उपाध्यक्ष नरेन्द्र मिश्रले बताएका हुन ।

गिरिका अनुसार नवलपरासी युवा समाजले बढ्दै गरेको भ्रष्टाचार,अनियमितता र वेराेजगारिकाे समस्या समेत समाधान गरि युवाहरुलाई राेजगार मुखि बनाउने उदेश्यका साथ विभिन्न अभियानमा लागिपरेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय