बुधराज लिम्बू माइ २०७८/१२/०१ इलामको माई नगरपालिका प्रतेक वाड हरु साप्ताहिक हाट बजार हरुमा लागू औषध विरुद्धको प्रशिक्षक साथै सडक नाटक युवा सशक्तीकरण नगर संजाल र नेपाल प्रहरी लोदिया को सहकार्य मा प्रदर्सन गर्दै आएको नगर सचिब पबित्र बुर्जा मगर ले जानकारी दिनु भयो ।

युवा शसक्तिकरण नगर सञ्जाल लाई नगर पालिका को आर्थिक सहयोगमा यो अभियान हरेक बर्ष युवा सशक्तीकरण ले युवा हरु लाई सचेत दक्ष युवा लागू औसत दुर्बशनी गलत संगत बाट जोगाउने उदेश्य ले गरेको कार्यक्रम मा पालिकाको सकारात्मक भुमिका मा माई नगर पालिकामा हरेक बर्ष यस्को कार्यक्रम गर्दै आएको नगर अध्यक्ष दिपेन्द्र सुब्बा ले जानदिनु भयो।

यो अभियान मा नेपाल प्रहरी प्रतेक दिन दिन सहयोग गर्दै युवा सशक्तीकरण टिम लाई सहयो गर्दै आएको यस्तो कार्यक्रम त नेपाल प्रहरीले गर्नु पर्ने भएता पनि युवा सशक्तीकरणको आयोजक मा लागू औसत दुर्बशनी सडक नाटक अभियान कार्यक्रममा नेपाल प्रहरी सहभागी हाम्रो लागि खुशी को कुरा भएको लोदिया प्रहरी प्रमुख प्रशिक्षक पदम सुन्दर चेम्जोङ ज्यु जानकारी दिनु भयो ।

सडक नाटक तथा प्रशिक्षक ले दिनु खोजेको सन्देशमा कलाकारले लागू औषधको प्रयोग गर्दा के के हुनु सक्छ यसले भोलि पर्ने असर सम्बन्धी नाटक प्रशिक्षक बाट चेतनामूलक संदेश फैलाउने उदेश्यले यो नाटक मञ्चन गरेको साथै पछिल्लो समय युवा पुस्ता कुलतको लत मा रमाउदै गर्दा भबिस्य कस्तो प्रभाव पर्छ भने शन्देश दिदै कलाकारले यसबाट पर्ने असरको अभिनय गरेको कलाकार बिशाल श्रेष्ठ ले जानकारी दिनु भयो । सडक नाटक हेर्न विभिन्न ठाउँ हरु मा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको जानकारी दिनु प्रीयका राई जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय