विराटनगर: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई सिध्याउन विदेशी शक्तिहरू लागेको दावी गरेका छन् । उनले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागेको दाबी गरेका हुन  ।

आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेपालमा दुई दलीय व्यवस्था लागु गराउन विदेशी केनद्रहरुले  षड्यन्त्र गर्दै आएको बताएका छन् । उनले विदेशी केनद्रहरुकोे  षड्यन्त्र असफल पार्न माओवादीले  दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने जिकिर गरेका छन् ।

उनले माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने काम गरिएमा  फेरि कठोर संघर्षको बाटोमा जान सक्ने धम्की समेत दिएका छन् ।  उनले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गम्भीर  गल्ती गरेको बताएका छन् । प्रचण्डले रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा बाबुराम भट्टराई र रामबहादुर थापा बादलले अनावश्यक दबाब दिएको खुलासा समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय