
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसी जस्ताको तस्तै पारित हुनु हुँदैन भनेर भन्ने पार्टी माओवादी नै भएको दाबी गरेका छन्
शनिबार पोष्टबहादुर बोगटीको सालिक अनावरण गर्न नुवाकोट पुगेका उनले ‘व्याख्यात्मक घोषणा’सहित पारित गर्ने निर्णय आउँदा केहीलाई आकस्मिक जस्तो लागेको टिप्पणी गरे ।
“एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भनेर सुरुदेखि भन्ने पार्टी नै हामी हौँ,” उनले भने,“राजनीतिक घटनाक्रम बढ्दैगर्दा एउटा यस्तो परिस्थिति जस्ताको तस्तै नगर्ने व्याख्यात्मक घोषणासहित गर्न सकिने भन्ने एकैचोटी निर्णय आउँदा कतिपय साथीहरुलाई आकस्मिकजस्तो लाग्यो ।
किनभने सडकमा आन्दोलन पनि हामीले नै गरेका छौँ । सडकमा देखिएको आन्दोलन माओवादी केन्द्रकै कारण भएको थियो ।” अध्यक्ष प्रचण्डले एमसीसीको बारेमा बहस चल्दै जाँदा त्यो बहस मनपर्ने बस्ने र मन नपर्ने जाने हुँदा त्यसलाई ठुलो मान्न नहुने पनि बताए ।
उनले भने,“एमसीसीको बारेमा बुझ्दै जाने हुन्छ । बहस चल्दै जाने हुन्छ । मनपर्ने बस्ने हुन्छ, मन नपर्ने जाने हुन्छ । यसलाई ठुलो ठान्न हुँदैन ।”