
दाङकाे घोराहीमा पछिल्ला समय एमाले र काङ्ग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रीयमा प्रवेश गर्नेहरुकाे लर्काे लागेकाे छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा आयोजित एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब १ दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
नव प्रवेशिहरुलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य निर्मल महरा (एटम) र माओवादी केन्द्र घोराही उपमहानगरपालिकाका अध्यक्ष प्रमाेद शर्माले सम्मान सहित टीका र माला लगाई स्वागत गरेका थिए ।
कार्यक्रमलाई संबाेधन गर्दै प्रमुख अतिथि महराले अहिले पनि माओवादिकै एजेण्डामा देश चलेकाे र वास्तविक रुपमा जनताको एजेण्डा माओवादीले बोकेकै कारण जनताको समर्थन प्राप्त भइरहेको बताए । विकास निर्माण देखि राष्ट्रियताकाे सबालमा माओवादीले अडान लिईरहेको कुरा स्पष्ट पार्दै आगामी निर्वाचनमा पनि सम्पुर्ण जनताहरुकाे साथ र सहयाेग बाट नै माओवादी केन्द्र पुन एकपटक उदाउने छ । यसका लागि हामी सबै युवाहरु एकरुपताले अघि बढदै पाटि सुदृढीकरणमा लाग्नु पर्ने कुरामा जाेड दिए ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्र घोराही उपमहानगरपालिकाका अध्यक्ष प्रमोद शर्माले घोराही उपमहानगरपालिकाको विकास निर्माणकाे कार्यहरुमा माओवादीले पहल गरिरहेको बताउँदै संघ,प्रदेश र स्थानीय गरि तिनै तहकाे सरकारले जनअपेक्षा अनुसार काम गर्नेुपर्ने बताए ।
उक्त कार्यक्रम देउमन दमाईको अध्यक्षता र पार्टीका उपाध्यक्ष वीरमान चौधरीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।