
काठमाडौँ- पेराक राज्य को किन्टा जिल्ला मा एक अपार्टमेन्ट निर्माण साइटमा कार्यरत एक बिदेशी कामदार को बुधबार भत्किएको मचानबाट खसेर मृ,त्यु भएको छ ।
बिहान करिब ११ः२० बजे भएको उक्त घटनामा बंगलादेशी नागरिक ३३ वर्षीय मोहम्मद जमीर उद्दिनको घटनास्थलमै मृ,त्यु भएको थियो ।
पेराक डिपार्टमेन्ट अफ अक्युपेशनल सेफ्टी एन्ड हेल्थ (जेकेकेपी) का निर्देशक सुपियन अलियासले प्रारम्भिक अनुसन्धानको नतिजाअनुसार पीडितले निर्माणाधीन अपार्टमेन्ट ब्लकको सातौं तलामा पर्खालको प्लास्टर गर्ने काम गरिरहेको बताए।
उनका अनुसार घटनाका क्रममा मचान प्लेटफर्ममा राख्न टावर क्रेन प्रयोग गरी दुई टन तौलका ८० झोला ‘स्किम कोट फिनिसिङ’ भएका प्यालेटहरू उठाउने र सार्ने गतिविधि भइरहेको थियो।
“मचान प्लेटफर्ममा प्यालेटहरू राख्दा, पीडितले प्लास्टरको कामको लागि झ्यालबाट भित्र ल्याउन टावर क्रेनले उठाएर ‘कोट फिनिसिङ स्किम’ को व्यवस्था गर्न सातौं तल्लाको झ्यालबाट बाहिर गए।
“यद्यपि, मचानको प्लेटफर्मको संरचनाको केही भाग भत्किँदा प्लेटफर्ममा रहेका पीडित सातौं तल्ला बाट भुइँमा खसेको,” उनले बिहीबार एक विज्ञप्तिमा भने।
त्यसपछि सेफ्टी एन्ड हेल्थ (जेकेकेपी) का निर्देशक सुपियन ले रोजगारदातालाई ६ वटा निषेधाज्ञा जारी गरेको र सूचनाको पालना नभएसम्मका लागि तत्काल काम बन्द गर्न निर्देशन दिएको सुपियनले बताए ।
उनका अनुसार पेशागत सुरक्षा तथा स्वास्थ्य ऐन, १९९४ को व्यवस्था उल्लङ्घन गरेको पाइएमा जिम्मेवार पक्षलाई दोषि पेरकले कानुनी कारबाही गर्नेछ ।