
मोरङ- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर -१ समितिको दोस्रो पुर्ण बैठकले जिल्ला समन्वय समिति सदस्यहरु लाई मनोनीत गरेको छ। बिराटनगर पार्टी कार्यालयमा हर्क बहादुर नेम्बाङ (मिक्सो) को अध्यक्षता र प्रदेश नम्बर-१ का इन्चार्ज राम कार्कीको प्रमुख आथित्यतामा सम्पन्न उक्त बैठकले नेकपा माओवादी केन्द्रका बिभागिय जिम्मेवारी बाडबाड गरेको हो।
पार्टीको विधान अनुसार निर्वाचन क्षेत्र तथा पार्टी सदस्यताको आधारमा जिल्ला समन्वय समिति सदस्यता मनोनयनमा मोरङ जिल्लाका विभिन्न पालिका र नगर बाट ४४ जना मनोनीत भएका छन। भने लेटाङ नगरपालिका बाट नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्यमा ३ जना र प्रदेश पर्यटन प्रबर्द्धन तथा नागरिक उड्यान सदस्यमा १ जना मनोनीतमा परेका हुन।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लेटाङ नगरपालिका बाट मोरङ जिल्ला समन्वय सदस्यमा गोपाल नेपाली,अर्जुन लिम्बू(दीप), मौसम लिम्बू(आक्रोस) र प्रदेश पर्यटन प्रबर्द्धन तथा नागरिक उड्डयन सदस्यमा भुपेस लिम्बू मनोनीतमा परेका छन।